शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
लोकसभा निर्वाचन

एक्जिट पोलअनुसार देखिएन नतिजा, यी पाँच राज्यमा बीजेपीलाई झट्का

मङ्गलबार, २२ जेठ २०८१, १७ : ५१
मङ्गलबार, २२ जेठ २०८१

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको धमाधम मतगणना भइरहेको छ ।  अहिलेसम्मको रुझान हेर्दा भाजपा नेतृत्वको एनडीए र भारतीय गठबन्धनबारे एक्जिट पोलको नतिजाअनुसार देखिएन  । रुझानमा कयौँ सिटमा एनडीए र इन्डिया गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ । 

केही राज्यमा भाजपालाई ठुलो झट्का लागेको छ । देशको सबैभन्दा ठुलो राजनैतिक राज्य र भाजपाको भगवा किल्ला यूपीमा अवस्था बिलकुल उल्टो देखिएको छ । रुझानमा एनडीएले बहुमत पाउन सक्ने देखाएको भएपनि इन्डिया गठबन्धनले कडा चुनौती दिइरहेको देखाएको छ । यो चुनावले कांग्रेसका लागि शुभ समाचार ल्याएको छ । रुझानमा कांग्रेसको सिट सय नाघ्ने देखिन्छ ।

उत्तर प्रदेशमा भाजपालाई खतरा

८० सिट भएको राज्य उत्तर प्रदेशमा यस पटक राहुल गान्धी र अखिलेश यादवको जोडीले भाजपालाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । भाजपाले यो राज्यबाट धेरै आशा राखेको थियो । यद्यपि, प्रारम्भिक रुझानमा अखिलेश र राहुलको साइकल र हातले भाजपालाई उछिनेको छ । यहाँ सपा ३६ सिटमा छ भने भाजपा ३६ सिटमा अगाडि छ । कांग्रेसले सात सिटमा अग्रता लिएको छ । अमेठी, मैनपुरी र रायबरेली सिटमा भाजपा पछाडि छ । सर्सर्ती हेर्दा उत्तर प्रदेशमा व्यापक उथलपुथल देखिएको छ । अघिल्लो निर्वाचनमा यहाँ भाजपाले ६२ सिट पाएको थियो ।

महाराष्ट्रमा कडा प्रतिस्पर्धा

भाजपाले अनेकौं दाउपेच गरेको अर्को राज्य महाराष्ट्र पनि हो । तर कुनै पनि दाउपेचले  उसलाई फाइदा भएको छैन । महाराष्ट्रमा एनडीए गठबन्धन २५ सिटमा अगाडि छ भने इन्डिया गठबन्धनका उम्मेदवार २१ सिटमा अगाडि छन् । जबकि अन्य दलका उम्मेदवार दुई सिटमा अगाडि छन् । 

राजस्थानमा धक्का

राजस्थानमा अघिल्लो निर्वाचनमा बीजेपीले भाजपाले क्लिन स्वीप गरेको थियो । तर यस पटक यहाँ कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ भाजपा १४ सिटमा अगाडि छ भने कांग्रेस ८ सिटमा अगाडि छ । 

हरियाणामा पनि प्रतिस्पर्धा

हरियाण राज्यबाट पनि बीजेपीले शुभ समाचार नपाउने देखिनछ । रुझानका अनुसार भाजपा र कांग्रेसबीच यहाँ कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै दलले ५–५ सिटमा अग्रता लिएका छन् । सन् २०१९ को निर्वाचनमा सबै सिटमा भाजपाले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप