नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त

नयाँ दिल्ली । भारतीय वायुसेनाको सुखोई लडाकु विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ । दुर्घटना महाराष्ट्रको नासिकमा भएको हो ।
दुर्घटनाग्रस्त विमान सुखोई एसयू–३० एमकेआई भएको र यसका पाइलट र को–पाइलट सकुशल निस्किन सकेको नासिक रेन्जका विशेष महानिरीक्षक डीआर करालेले बताए । विमान शिरसगाउँ गाउँ नजिकैको खेतमा दुर्घटना भएको थियो । विमानलाई विङ कमाण्डर बोकिल र उनका सेकेन्ड इन कमान्ड विश्वास उडाइरहेका थिए ।
दुवै पाइलटलाई सामान्य चोटपटक लागेको बताइएको छ । उनीहरूलाई एचएएल अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो । आगो निभाइएको बताइएको छ ।
सुखोई एसयु–३० एमके आईलाई भारतीय वायुसेनाको सबैभन्दा शक्तिशाली विमान मानिन्छ । भारतीय वायुसेनासँग २७२ थान सक्रिय सुखोई एसयू–३० एमकेआई विमान छ । दुई जना पाइलट बस्न मिल्ने यस विमानमा दुई ओटा इन्जिन छ । यी मध्ये केही विमानलाई सुपरसोनिक मिसाइल ब्रह्मोस प्रक्षेपण गर्न अपग्रेड गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड