ढाकाकुमारको घुस अडियो विवाद, रास्वपाका महामन्त्रीले हारे मुद्दा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रास्वपाको कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठसम्बन्धी मुद्दामा फैसला सुनाएको छ ।
रास्वपाको तर्फबाट महामन्त्री मुकुल ढकालले जनआस्था पत्रिकासहित पाँच जनाविरुद्ध अदालतमा २०८० जेठ १४ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा न्यायाधीश पदमराज पाण्डेयको इजलासले अन्तिम फैसला सुनाउँदै दाबी नपुग्ने फैसला सुनाएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको सम्बन्धी अडियो विवादमा श्रेष्ठले जनआस्था साप्ताहिक मार्फत दिएको अभिव्यक्ति निराधार,कपोलकल्पित, एवं भ्रामक भएको जिकिरसहित मुकुलले मुद्दा दायर गरेका थिए । त्यतिबेला श्रेष्ठले घुस बार्गेनिङ गराउन ढकालसहितको भूमिका रहेका जिकिर सञ्चारमाध्यममार्फत गरेका थिए ।
‘...सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार छापिएकोमा मेरो गम्भीर गाली बेइज्जती हुँदै क्षति भएको छ ’ उनको मुद्दामा भनिएको थियो ‘यसले म र हाम्रो पार्टीको मान, प्रतिष्ठा र इज्जतलाई धमिल्याउनको लागि पत्रिकामार्फत सार्वजनिक गरिएको षड्यन्त्र गरेकाले त्यसको क्षतिपूर्ति पाउनुपर्ने देखिन्छ । ’
उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गरेका थिए । अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने घोषणा पनि उनले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आज यी तीन ठाउँको तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान
-
त्रिशूलीमा हराइरहेका भारतीय सैनिकको शव १० दिनपछि फेला
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा