वाराणसीमा मोदीको ह्याट्रिक

नयाँ दिल्ली । लोकसभा निर्वाचन २०२४ को मतगणनामा अहिलेसम्म भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धन एनडीएले बहुमत पाउने देखिएको छ । तर भाजपा बहुमतभन्दा निकै टाढा छ ।
अहिलेसम्म कंग्रेसको इन्डिया गठबन्धनले एनडीएलाई कडा टक्कर दिइरहेको छ । अहिलेसम्मको नतिजाले भाजपाको अगुवाइमा एनडीएले जीतको ह्याट्रिक लाग्ने र प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ ।
तर यस पटकको सरकार ‘खिचडी’ बन्ने देखिन्छ । निर्वाचनको पूरा नतिजा सार्वजनिक नहुँदासम्म यस्तै भन्न सकिन्न । मोदी सरकारको दुई थप मन्त्रीको हार भएको छ । केन्द्रीय मन्त्री आरके सिंहले आरा लोकसभा सिटमा इन्डिया गठबन्धनका सुदामा प्रसादसँग हारेका छन् । त्यस्तैगरी तिरुवन्तपुरममा शशि थरुरको जी भएको छ । केन्द्रीय मन्त्री राजीव चन्द्र शेखरले हारेका छन् ।
वाराणसी लोकसभा सिटको चुनावी परिणाम पनि आएको छ । वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक चुनाव जितेका छन् । मोदीको जित मार्जिन यस पटक सन् २०१४ र सन् २०१९ को भन्दा चाहिँ कम थियो । मोदीले कांग्रेसको अजय रायलाई हराएका छन् । कुल ३० चरणको गणनामा मोदीले ५ लाखभन्दा बढी मत पाएका थिए । पहिरो चरणको गणनापछि रायले मोदीलाई उछिनेका थिए ।
तर त्यसपछिको हरेक गिन्तीमा मोदीले रायलाई जिते । मोदी वाराणसीबाट तेस्रो पटक सांसद चुनिएका छन् । अजय रायले पनि ४ लाखभन्दा धेरै मत पाएका थिए । वाराणसीमा मतान्तरबारे निकै चर्चा भएको थियो । यस पटक मोदीले वाराणसीमा इतिहास रच्ने बिजेपीको दाबी थियो । तर मोदीले डेढ लाख मतान्तरले मात्रै जित हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?