सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

हुलाकी सडकको मुआब्जा नपाएपछि रिले अनसन

मङ्गलबार, २२ जेठ २०८१, १६ : ४९
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । हुलाकी सडकले अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाएको भन्दै बाराका स्थानीयले रिले अनसन सुरु गरेका छन् । पीडितहरूले मंगलबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन रिले अनसन सुरु गरेका हुन् । 

hulaki sadak ansan (3)hulaki sadak ansan (9)

तामागढी–सिम्रौनगढ हुलाकी सडकले बारा–१ को जग्गा अधिग्रहण गरी मुआब्जा भने नदिएको मुआब्जा संघर्ष समितिको आरोप छ । पीडितहरूले पटक–पटक आन्दोलन र अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको समितिको भनाई छ । रिले अनसनमा सांसद अच्युत मैनालीले पनि ऐक्यबद्धता जनाएका छन् भने उनले यस विषय निरन्तर आवाज उठाउँदै आएका छन् । 

hulaki sadak ansan (8)

तामागढी–सिम्रौनगढ हुलाकी सडक २०७८ चैत १८ गते सम्पन्न भएको थियो । ३९.७५ किलोमिटर सडक निर्माणका क्रममा सडक विस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो ।

767338d0-5b89-4c3e-84d4-239e40b45821

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप