बंगालमा पनि बीजेपीलाई झट्का
मङ्गलबार, २२ जेठ २०८१, १३ : ३६

नयाँ दिल्ली । भारतमा हालै सम्पन्न भएको लोकसभाको निर्वाचनको मतगणना चलिरहेको छ । मतगणनाको अहिलेसम्मको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वको गठबन्धन एनडीए सबैभन्दा अगाडि देखिएको छ ।
कूल ५४३ सिटमध्ये २९९ सिटमा एनडीए अगाडि छ । तर विपक्षी गठबन्धनले एनडीएलाई कडा टक्कर दिइरहेको छ । कयौं राज्यमा प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ । कयौं हट सिटमा अचम्भित पार्ने खालको रुझान आएको छ ।
दिउँसो सम्म कसको सरकार बन्नेछ भनेर स्पष्ट तस्वीर आउने बताइएको छ । पश्चिम बंगालको शुरुआती रुझानमा बीजेपीमाथि टीएमसी भारी देखिएको छ । राज्यको ४१ सिटमध्ये २८ सिटमा टीएमसी अगाडि छ । बीजेपी १० सिटमा मात्रै अगाडि छ । कंग्रेस भने २ सिटमा अगाडि छ । सीपीआईले एक सिटमा अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी