नुहाउने क्रममा करेन्ट लागेर मृत्यु
मङ्गलबार, २२ जेठ २०८१, १३ : ०३
बर्दिया । नुहाउने क्रममा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । मधुबन नगरपालिका-७ भन्सार टोल बस्ने मनोज कर्णको छोरा १४ वर्षीय आयुश कर्णको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घर पछाडि रहेको सिँचाइ गर्नको लागि बनाएको बोरिङमा मोटर जडान गरी नुहाउने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा
-
१० बजे १० समाचार : दुई दर्दनाक हत्याकाण्डदेखि नेपाललाई निराशासम्म