आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
भारत लाेकसभा निर्वाचन

दिल्लीको ७ मध्ये ६ सिटमा बीजेपी अगाडि

मङ्गलबार, २२ जेठ २०८१, १२ : ३०
मङ्गलबार, २२ जेठ २०८१

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । शुरुआती रुझानका अनुसार भारतीय जनता पार्टी (बीजेपी) दिल्लीको ७ मध्ये ६ सिटमा अगाडि छ । चाँदनी चोक सिटमा कंग्रेसले अग्रता लिएको छ । चाँदनी चोक सिटमा कंग्रेसका दिग्गज नेता जय प्रकाश बीजेपीका परवीन खन्डेलवालभन्दा ४ हजार २९३ मत अगाडि छन् । यस पटक दिल्लीमा कंग्रेस र आम आदमी पार्टीले मिलेर लडिरहेका छन् ।

दिल्लीमा चँदनी चोक, उत्तर पूर्व र उत्तर पश्चिम दिल्लीको सिटमा कंग्रेसले लडिरहेको छ । नयाँ दिल्ली, दक्षिण दिल्ली, पश्चिम दिल्ली र पूर्वी दिल्ली सिटमा आप लडिरहेको छ । आपका शीर्ष नेता तथा दिल्ली मुख्य मन्त्री अरबिन्द केजरीवाल जेलमा रहँदा दिल्लीमा आपले ‘जेलको जवाफ भोटबाट’ भन्ने अभियान नै चलाएको थियो ।

उत्तर पूर्वी दिल्लीमा बीजेपीका मनोज तिवारी कंग्रेसका कन्हैया कुमार विरुद्ध उत्रिएका छन् । कुमारलाई तिवारीले १८ हजार ७१५ मतले उछिनेका छन् । उत्तर पश्चिमी, दक्षिण र पश्चिम दिल्लीमा पनि बीजेपी १० हजार देखि २० हजार मतले अगाडि छ । नयाँ दिल्लीमा बीजेपीको बाँसुरी स्वराज ३ हजार ७२१ मतले अगाडि छिन् । बाँसुरी  पूर्व विदेश मामिला मन्त्री सुष्मा स्वराजकी छोरी हुन् । पूर्वी दिल्लीमा बीजेपीका हर्ष मल्होत्रा ८ हजार ३९३ मतले अगाडि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप