बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
विश्वकप क्रिकेट

रास्वपाका सांसदलाई लाग्यो विश्वकप, नेपाली टीमको जर्सी लगाएर संसद बैठकमा (फोटोफिचर)

मङ्गलबार, २२ जेठ २०८१, १२ : २१
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि संसद बैठकमा टीमको जर्सी लगाएर सहभागी भएका छन् । 

नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले प्रतिक्रिया दिए ।  

रास्वपाका सबै सांसदहरू जर्सीसहित संसदमा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरु दिनझैँ औपचारिक पोसाकमा पुगेका थिए । 

नेपालले आईसीसी विश्वकपमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिइसकेका छन् ।

samsad circket dress (1)samsad circket dress (3)samsad circket dress (4)samsad circket dress (5)samsad circket dress (6)samsad circket dress (7)samsad circket dress (8)samsad circket dress (9)samsad circket dress (10)samsad circket dress (11)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप