मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

नेतान्याहूले जुन १३ मा अमेरिकी सांसदलाई सम्बोधन गर्ने

मङ्गलबार, २२ जेठ २०८१, १२ : १९
मङ्गलबार, २२ जेठ २०८१

वाशिङटन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जुन १३ मा अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने भएका छन् । सिनेटका डेमोक्रेटिक बहुमत नेता चक शुमरको निम्तोमा उनी त्यहाँ जान लागेका हुन् । 

नेतन्याहु अमेरिकामा रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेन जी–सेभेनको शिखर सम्मेलनमा भाग लिने क्रममा इटालीमा हुने अपेक्षा गरिएको छ । राष्ट्रपति कार्यालयले बाइडेनको एक साताको कार्यतालिकाको औपचारिक घोषणा गरेको छैन ।

हालै बाइडेनले इजरायल–हमासबीच युद्ध विरामका लागि तीन चरणको प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावअनुसार हमासले सबै बन्धकहरूलाई मुक्त गर्नेछ भने हमास सत्तामा नआइकनै युद्धले ध्वस्त भएको प्यालेस्टाइनको पुनर्निर्माण गरिनेछ । 

नेतान्याहुको कार्यालयले भने ७ अक्टोबरको आक्रमणबाट इजरायलका सबै लक्ष्यहरू पूरा नभएसम्म जारी रहने कुरामा जोड दिएको थियो । इजरायलले हमासको सैन्य र शासन क्षमताको ध्वस्त पार्ने लगायत लक्ष्य तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप