शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

स्पिन बलिङको कमान ललितको काँधमा

मङ्गलबार, २२ जेठ २०८१

ललित राजवंशी नेपाली राष्ट्रिय टोलीका अनुभवी स्पिन बलर हुन् । २५ वर्षीय ललित बायाँ हातले बलिङ गर्छन् भने दायाँ हातले ब्याटिङ । उनले राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । 

ललितले हालसम्म २९ एकदिवसीय अन्तर्राष्ट्रिय र २१ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको २५ पालीमा ३७ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर पाँच विकेट हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले दुईपटक चार विकेट पनि लिएका छन् । 

यसैगरी उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको २१ पालीमा कुल १८ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन केवल ६ रन खर्चिएर तीन विकेट हो । उनले एकदिवसीयमा ३७ र टी–२० अन्तर्राष्ट्रियमा १८ रन बनाएका छन् । 

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

ललित राजवंशीले सन् २०१८ को जुलाई २९ तारिखमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । लर्डसमा भएको नेदरल्यान्ड्सविरुद्धको उक्त खेल भने अनिर्णीत रूपमा सकिएको थियो । 

ललितले आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खेलेका थिए । प्रिमियर कपको सन् २०२४ को जुलाई २९ तारिखमा खेलिएको हङ्कङविरुद्धको आफ्नो अन्तिम खेलमा उनले अविजित दुई रन बनाएका थिए । उनले विकेट पनि लिन सकेका थिएनन् । उक्त खेलमा नेपाल चार विकेटले पराजित भएको थियो ।

  • प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२०

ललित राजवंशीले प्रथम श्रेणीको एउटा प्रतियोगिता खेलेका छन् । उनले प्रथम श्रेणीको क्रिकेटमा एउटा विकेट पनि लिएका छन् । यसका अतिरिक्त उनले ३९ वटा ‘लिस्ट ए’ क्रिकेट पनि खेलेका छन् ।

‘लिस्ट ए’ क्रिकेटमा उनले ३९ खेल खेल्दै कुल ४६ विकेट लिएका छन् । यो प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर पाँच विकेट हो । उनले हालसम्म २४ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० :२३ खेल २० विकेट लिएका छन् । टी–२० मा उनको उत्कृष्ट प्रदर्शन केवल ६ रन खर्चिएर तीन विकेट हो । 

  • पछिल्लो प्रदर्शन

ललित राजवंशीले विश्वकप यात्राका लागि प्रस्थान गर्नुअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेलेका थिए । उनले वेस्ट इन्डिजविरुद्ध दुईवटा खेलमात्र खेलेका थिए । उनले दुवै खेलमा विकेट लिन सकेका थिएनन् ।

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप पनि खेलेका थिए । प्रिमियर कपमा उनले यूएई र साउदी अरेबियाविरुद्ध एक–एक विकेट लिएका थिए । समूहगत चरणमा हङ्कङ र कतारविरुद्ध दुई–दुई विकेट हात पारेका थिए । 

  • कीर्तिमान

ललित राजवंशी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटा पालीमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचिमा ४०औँ स्थानमा आसीन छन् । ललितले सन् २०१९ को डिसेम्बर ९ मा कीर्तिपुरमा खेलिएको माल्दिभ्सविरुद्धको खेलमा चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया