शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
खण्डन

गृहमन्त्री लामिछानेको निजी सचिवालयले भन्यो– कास्की प्रहरीमा परेको ठाडो निवेदन हो

मङ्गलबार, २२ जेठ २०८१, १२ : ०८
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निजी सचिवालयले जिल्ला प्रहरी कार्यालय, कास्कीमा लामिछानेविरुद्ध ठाडो निवेदन परेको स्वीकार गरेको छ ।

रातोपाटीमा सोमबार  प्रकाशित ‘सर्वोच्चले झिकाएको जाहेरीमा पहिलो नम्बरमै छ गृहमन्त्री लामिछानेको नाम’ शीर्षकको समाचारको खण्डन गर्दै निजी सचिवालयले प्रेषित गरेको पत्रमा भनिएको छ–'आधार र कारण बिना बुझाइएको ठाडो निवेदन, जुन दर्ता योग्यसमेत नरहेको भन्दै प्रहरीले प्रक्रियामा पनि लगेको छैन, त्यसैलाई किर्ते गरी जाहेरी भन्दै समाचारकै विषय बनाइएको प्रति गम्भीर आपत्ति छ ।’

निजी सचिवालयले खण्डन गरे पनि रवि स्वयमले रातोपाटीको समाचारबारे केही प्रतिक्रिया जनाएका छैनन् । कास्की प्रहरीका प्रमुख (एसपी) मोहन कुमार थापाले आफू बैठकमा रहेको भनी यस विषयमा कुरा गर्न चाहेनन् । 

निजी सचिवालयले पठाएको खण्डनको प्रति यस्तो छ

HOME MINISTER Khandan

२०८० माघ २२ गते रविसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्य दर्शन सहकारी पीडितहरूले प्रहरीमा जाहेरी बुझाएका थिए । प्रहरीले पूरक जाहेरी पुरानै जाहेरीको अङ्ग हुने भएकाले दर्ता गरिरहनु नपर्ने तर्क गरेको थियो । यद्यपि पीडितहरूले बुझाएको पूरक जाहेरीमाथि प्रहरीले अझैसम्म छानबिन गर्ने आँट गरेको छैन । पूरक जाहेरी एसपी थापाले नै बुझेका थिए ।  

याे पनि


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप