निर्मल पुर्जालाई नेपाल आउन नदिन राजेन्द्र बजगाईँको माग
मङ्गलबार, २२ जेठ २०८१, ११ : ५७

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले हिमाल आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईँले न्यूर्योक टाइम्सले फिनल्याण्डका हिमाल आरोहीलाई पुर्जाले यौन दुर्व्यवहार गरेको समाचार छापिएको बताउँदै नेपालका लागि असाध्यै नराम्रो समाचार रहेको बताए ।
उनले भने–‘कहिले डोरी टाङ्ने शेर्पाहरूलाई डोरी काट्यो भनेर बदनाम गर्ने, कहिले नेपाली नागरिकतामा हिमाल चढ्ने, पछि आफ्नो नागरिकता सरेन्डर गर्छन् । यस्ता व्यक्तिलाई नेपाल सरकारले वा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास