भारत लाेकसभा निर्वाचन
दिल्लीमा कन्हैया कुमार ३१ हजार भोटले पछि, हिमाचलमा कंगनाको अग्रता
मङ्गलबार, २२ जेठ २०८१, ११ : ५३

नयाँ दिल्ली । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनको मतगणना जारी छ । पछिल्ली मत परिणाम अनुसार कांग्रेसका कन्हैया कुमार उत्तरपूर्वी दिल्लीबाट पछि परेका छन्।
भाजपाका मनोज तिवारी ३१०५८ मतले अगाडि छन् । त्यस्तै खालिस्तान समर्थक अमृतपाल सिंह पञ्जाबको खादुर साहिब सिटबाट ५० हजार मतले अगाडि छन् ।
उता हिमाचल प्रदेशको मण्डी सिटमा भाजपा उम्मेदवार अभिनेत्री कंगना रनौत ३२४२६ मतले अगाडि छिन् । कंगनाले २४३१७१ मत पाएका छन् भने कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहले २१०७४५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या