बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
भारत लाेकसभा निर्वाचन

केन्द्रीय मन्त्री स्मृति इरानी पछाडि

मङ्गलबार, २२ जेठ २०८१, ११ : ४९
मङ्गलबार, २२ जेठ २०८१

नयाँ दिल्ली । उत्तर प्रदेशको अमेठी लोकसभा सिटमा केन्द्रीय मन्त्री स्मृति इरानी पछाडि परेकी छिन् । भारतीय निर्वाचन आयोगको वेबसाइटका अनुसार स्मृति इरानीले बिहान ११ः१० बजेसम्म ६३ हजार ६५२ मत प्राप्त गरेकी छन् ।

कांग्रेसका किशोरीलाल शर्माले ९० हजार ७४७ मत प्राप्त गरेका छन् । किशोरीलाल शर्माले २ लाख ७ हजार ९४ मतको अग्रता लिएका छन् ।

स्मृति इरानीले २०१९ को लोकसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीलाई पराजित गरेकी थिइन् । तर, यसपटक कांग्रेसले राहुल गान्धीको स्थानमा किशोरी लाल शर्मालाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप