बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘शिरफूल’

मङ्गलबार, २२ जेठ २०८१, ११ : ४४
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । फिल्म ‘शिरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । असार ७ गतेबाट प्रदर्शनमा आउने कमल एक्चै मगर निर्देशित फिल्मको ट्रेलरले पारिवरसँग छोरीको सम्बन्ध झल्काएको हो ।

फिल्म नाइस मिडिया नेटवर्कको ब्यानरमा निर्माण भएको हो । ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो ।

नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण फिल्ममा देख्न सकिने निर्देशक मगरको भनाई छ ।

रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको फिल्ममा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । 

आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । फिल्ममा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका छ ।  फिल्मलाई आरआर फिल्मसले देशभर वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप