हावाहुरीका कारण उडान प्रभावित, सिचुवान एयर ल्हासा फर्कियो

काठमाडौँ । मंगलबार बिहानै एकाएक मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका छन् ।
पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो । विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का प्रवक्ता सुवास झाले रातोपाटीलाई जानकारी दिए ।
खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ । स्थानीय समय अनुसार बिहानको १०ः४० बजेट टीआईएमा अवतरण गर्ने समय रहेपछि तीव्र हावाहुरीका कारण जहाज ल्यान्ड (अवतरण) गर्न नसकेर लासा डाइर्भट गरिएको प्रवक्ता झाले जानकारी दिए ।
अन्य उडानहरू केही समय होल्ड भए पनि थप समस्या नआएको उनले बताए । आन्तरिकतर्फको उडान पनि केही प्रभावित हुन पुगेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि
-
प्रतिगमनकारी तथा पुनरुत्थानवादीका कुकर्मको नाङ्गेझार पार्न अपिल
-
सेयर बजारमा लगातार छैटौँ दिन गिरावट, कारोबार पनि घट्यो
-
श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा पर्यो : मन्त्री भण्डारी
-
कर्णाली र मधेस सरकारमा कांग्रेस किन असन्तुष्ट ?
-
२०० करोड माथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य