किन भयो ‘पेवेल नेपाल’ र ‘सजिलो पे’को खाता रोक्का ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा इजाजतपत्र (लाइसेन्स) प्राप्त पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमन्ट सर्भिसेज प्रा.लि.को बैंक खाता रोक्का गरिएको छ ।
केन्द्रीय बैंकले यी दुई कम्पनीको कारोबारमा शङ्का लागेको भन्दै कारोबारहरूको नियामकीय अनुपालना सम्बन्धी छानबिन गर्न बैंक खाता रोक्का गरिएको जनाएको हो ।
अनामनगर, काठमाडौँ कार्यालय रहेको पेवेल नेपाल र बालुवाटार, काठमाडौँ कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेजबाट भइरहेको कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेको हुँदा उपयुक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानबिन सम्पन्न गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग
-
अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको दोस्रो चरण सुरु
-
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी
-
सबैभन्दा बढी निर्यात भए यी पाँच वस्तु
-
सशस्त्र प्रहरी बल पर्साको १८ औं वार्षिकोत्सव