बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

वृन्दावन नदीजन्य पदार्थ उठाउने विषयमा दुई पक्षबिच विवाद

मङ्गलबार, २२ जेठ २०८१, १० : १५
मङ्गलबार, २२ जेठ २०८१

रौतहट । रौतहटको वृन्दावन नगरपालिका स्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्ष बिच उत्पन्न विवादको कारण अवस्था तनावग्रस्त बनेको छ।

वर्तमान मेयर विनोद प्रसाद कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्व मेयर रामस्नेही यादव पक्षले उठाउन नदिने पक्षमा अडान लिएको कारण विवाद हुँदा अवस्था तनावग्रस्त बनेको हो

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओम प्रकाश खनालको कमाण्डमा सोमवार राती गएको टोलीले दुवै पक्षलाई सम्झाई बुझाई अवस्था साम्य पारेको थियो।

दुवै पक्षबाट जम्मा भएको सैयौ मानिस पटक पटक घम्साघम्सी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन निकै कठिनाइ भएको थियो ।

मेयर पटेलले बागमती नदीको टेण्डर आह्वान नगरी वृन्दावन नगरपालिका १ बलेरीस्थित बागमती नदीबाट अमानतमा आफ्ना मानिसमार्फत नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद उत्पन्न भएको थियो। 

मेयर कुर्मीले आर्थिक लाभको लागि आफ्नै नजिकका मिनिस तथा आफन्तलाई अमानतमा बागमती नदीको ठेक्का दिएर गैरकानुनी रूपमा नदीजन्य पदार्थ निकाल्न थालेको पूर्व मेयर रामस्नेही यादवले दाबी गर्दै आएका छन् ।

नियम विपरीत पालिकाले बागमतीमा स्काभेटर प्रयोग गरेर टिपरबाट नदीजन्य वस्तु निकाल्न थालेको पूर्व मेयर यादवको भनाइ छ।

बागमती नदी उत्खनन नगर्न गाउँलेले पटक–पटक गरेको आग्रह विपरीत  मेयर पटेलले प्रहरी परिचालन गराएर नदीजन्य पदार्थ निकाल्ने गरेको वृन्दावन नगरपालिका वडा १ का पूर्व वडाअध्यक्ष सुबोध पटेलले गुनासो गरेका छन् । 

जेठ महिनाको अन्तिम साता नदी उत्खनन बन्द गर्ने समयमा मेयर कुर्मीले उत्खनन गराईरहेको आरोप लागेको छ।अनियन्त्रित रूपमा बागमती नदीमा भइरहेको उत्खननले रमौली, हरैया, समनपुरलगायत आधा दर्जन गाउँहरू जोखिममा पर्ने ठुलो खतरा रहेको गाउँलेहरूले बताएका छन्।

जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या यादवले निरीहतासँगै अनभिज्ञता प्रकट गरेका छन्। 

पछिल्लो समय समन्वय समितिसँगै नियमनकारी निकायको मौनताको कारण बागमती, लालबकैया, चाँदी लगायतको नदी बाट व्यापक रूपमा नदीजन्य पदार्थको दोहन भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप