गोलबजार पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाको पहिलो पालिका
सिराहा । सिरहाको गोलबजार नगरपालिका १५ महिना मुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको पहिलो सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो पालिका बनेको छ । आफ्नो पालिकाभित्र १५ महिनाभित्रका ९९ प्रतिशत बालबालिकाले लाउनुपर्ने सम्पूर्ण खोप समयमै लगाएको भन्दै आइतबार एक समारोहबिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए ।
उनले गोलबजार नगरपालिकाले सबै इण्डिकेटरहरु पुरा गर्दै आफ्नो पालिकालाई जिल्लामै पहिलो पालिकाको रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गर्न सफल भएकोमा शुभकामना व्यक्त गरे ।
प्रमुख यादवले भने, ‘जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहनुभएको स्वास्थ्य स्वयंसेवकको अहोरात्रको प्रयासबाट ‘पूर्ण खोप पाएको पहिलो सुनिश्चितता तथा दिगोपना पालिका घोषणा’ गर्न सफल भएको हो ।’
प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपाध्याय दिलीपकुमार लामाले जिल्लामै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ ले नगरको इज्जत बढाएको भन्दै यसमा लाग्ने सम्पूर्ण स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई बधाई दिए ।
‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रम गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णले पालिकाले प्रत्येक महिनाको २२ देखि २६ गते सम्म खोप सेवा उपलब्ध गराउँदै आएको बताए । उनले तोकिएको दिन बिदै भए पनि खोप सेवा भने नरोकिने बताए । प्रमुख कर्णका अनुसार पालिकाका १३ वडाको ६५ खोप केन्द्रबाट नियमित खोप सञ्चालन हुँदै आएको जानकारी दिए ।
उनले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ पहिला घर घरमा गएर खोप लगाए नलगाएको सुनिश्चितता गरिएको बताए । त्यस क्रममा १६ महिना देखि पाँच वर्ष मुनिका तीन सय ३६ खोप नलगाएको बालबालिकाहरु फेला परेको र तीसमध्ये एक सय २१ जनालाई खोप लाउने काम पनि भएको जानकारी दिए ।
उनले सम्पूर्ण जनप्रतिनिधि र स्वास्थ्यकर्मीको प्रयासमा आजको दिनसम्म पुग्न सफल भएको बताए ।
‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रममा वडा अध्यक्षहरूको तर्फबाट प्रवक्तासमेत रहेका वडा नम्बर ६ का अध्यक्ष संजितलामा, स्वास्थ्य चौकी प्रमुखहरूको तर्फबाट शत्रुधन साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नगर प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका पवन पञ्जियारले गरेका थिए।
आजै जिल्ला खोप समन्वय समितिको सचिवालयले नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाण पत्र प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली