बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

फारुकीको ‘फाइफर’, युगान्डामाथि अफगानिस्तानको शानदार जित

मङ्गलबार, २२ जेठ २०८१, ०९ : १८
मङ्गलबार, २२ जेठ २०८१

गुयाना । टी–२० विश्वकपमा समूह सी अन्तरगतको खेलमा अफगानिस्तानले युगान्डालाई सजिलै हराएको छ । मंगलबार बिहान प्रोभिडेन्स रंगशालामा भएको खेलमा अफगानिस्तान १ सय २५ रनले विजयी बनेको हो ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो ।

382029

युगान्डाका लागि कुनै पनि ब्याटरले ठुलो योगदान दिन सकेनन् । रोबिनसन ओबुयाले २५ बलमा १४ रन जोडे भने रियाजत अली शाहले ३४ बलमा ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगान्डाको इनिङ्स ध्वस्त बनाउन फजहलहक फारुकीले ५ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले ९ रन मात्र खर्चिए ।

fazhal

नवीन उल हक र रासिद खानले २–२ विकेट लिए भने मुजिब उर रहमानले १ विकेट लिए ।

यसअघि अपोनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको शतकीय साझेदारीको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । दुई ओपनरले पहिलो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरे ।

गुरबाजले ४५ बलमा ७६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए ।

अर्का ओपनर जादरानले ४६ बलमा ७० रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरे । 

त्यसपछि भने युगान्डाका बलरहरूले कमब्याक गरे । मोहम्मद नाबीले १६ बलमा १४ रन बनाउन बाहेक अन्य ब्याटरले खुलेर रन बनाउन सकेनन् । 

२ सय रनभन्दा माथि बनाउन अग्रसर देखिएको अफगानिस्तान १ सय ८३ रनमा रोकियो । युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २–२ विकेट लिए भने अल्पेस रामजानीले १ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप