पथलैया–हेटौँडा खण्डमा ५ करोड लगानीमा २ किलोमिटर ‘नमुना सडक’ निर्माण
बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अत्यधिक सवारी चाप रहेको पथलैया–हेटौँडा खण्डको २ किलोमिटरमा परीक्षणको रूपमा ‘नमुना सडक’ निर्माणको काम सुरु भएको छ । भ्याटसहित करिब ५ करोड लगानीमा चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी नमुना सडक निर्माणको काम भइरहेको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया–हेटौडा सडकखण्डमा अत्यधिक सवारीको चाप अत्यधिक हुने गर्दछ । साँघुरो (२ लेन) सडक खण्डमा उच्च सवारी चापका कारण दैनिक साना–ठुला दुर्घटनाहरू समेत हुने गर्दछ ।
पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको यो राष्ट्रिय राजमार्गमा वार्षिक दर्जनौँ वन्यजन्तुले दुर्घटनामा ज्यान गुमाएका छन् । साथै वीरगञ्ज भन्सारबाट छुटेका उच्च मालवाहक सवारी साधनको कारण यो सडकखण्डको अधिकांश भाग भासिएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेश प्रसाद यादवले आधुनिक प्रविधिको प्रयोग गरेर उच्च भारवाहन क्षमता भएको सवारी साधन गुड्ने सक्ने नमुना सडक निर्माण गर्न लागिएको बताएका छन् ।
सरकारले तत्कालै पथलैया– भरतपुर करिब एकसय किलोमिटर सडकखण्ड विस्तार गर्न बजेट अभाव भएको कारण देखाउँदै २ किलोमिटर नमुनाको रूपमा निर्माण गर्न लागेको हो ।
सडक डिभिजन प्रमुख यादवले नयाँ प्रविधिको प्रयोग गरेर विशेष प्रकारको ४० ग्रेडको बिटविन प्रयोग गरिने जनाएका छन् । यो प्रविधिको सडक नेपालमै पहिलो भएको जनाएको छ ।
‘अहिले बजेट अभावले हामीले २ किलोमिटर मात्रै बनाउन सक्षम भयौँ, अव यो ट्रायल सफल भएपछि भविष्यमा यही प्रविधि प्रयोग गरेर सडक विस्तार गर्ने योजना छ ।’ सडक डिभिजन प्रमुख यादवले भने ‘हामीले हाईवेयलाई धेरै दिन जोतेर खाली गराएर राख्न मिल्दैन, यो योजना अहिलेलाई पुरानै ढाँचामा असार १५ भित्रै सम्पन्न हुन्छ ।’
चौधरी निर्माण सेवा जनकपुरले सडक निमार्णको जिम्मेवारी लिएको छ । निकट भविष्यमा निमार्ण हुने पथलैयादेखि भरतपुर सडकखण्ड निमार्णको क्रममा भने पर्सा निकुञ्ज क्षेत्रमा ४ किलोमिटरमा वन्यजन्तुहरूका लागि आवातजावत गर्न फ्लाई ओभर बृज निमार्ण हुने जनाइएको छ । त्यसका लागि अहिले माटो परीक्षणको काम भइरहेको छ ।
ठेकेदार कम्पनी चौधरी निमार्ण सेवाका मुख्य प्रवन्धक पंकज चौधरीले पेश्की रकम अत्यन्तै कम पाएकोले छिटो काम गर्न समस्या भएको बताएका छन् । ‘नयाँ प्रविधिको प्रयोग गरेर सडक निमार्ण काम भइरहेको छ, यसमा उच्च गुणस्तरीय भिजिट ४० को बिटमिन र अस्पतालको बिचमा फाईवरको प्रयोग हुन्छ’ चौधरीले भने ।
उनले हालसम्म पेश्की रूपमा ३७ लाख मात्रै पाएको बताएका छन् महेन्द्र राजमार्गको नामले पनि चिनिने पूर्व पश्चिम जोड्ने सडकखण्ड तराईको पर्सा बाहेक २१ जिल्लालाई छोएको छ ।
१ हजार २७ दशमलव ६७ किलोमिटर लम्बाई रहेको पूर्व–पश्चिम राजमार्ग २०२२ सालमा निमार्ण भएर सञ्चालनमा आएको हो । त्यसयता सामान्य मर्मत सम्भार बाहेक पुनः निर्माणको काम भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते
-
‘विदेशीले जस्तो शासन जमाउन रैथाने अपरिहार्य छ’
-
सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा
-
खेत–बारीमा विदेशी बीउको राज, झन्–झन् मासिँदै रैथाने बाली
-
पूजाको कप्तानीमा विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, यस्तो छ खेल तालिका
-
केन्द्रीय समिति बैठकअघि माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा