भारतीय लोकसभा चुनावको नतिजा आज

काठमाडौँ । भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने भएको छ । यससँगै भारतमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो लाग्नेछ ।
सबै ५४२ लोकसभा सिटहरूको मतगणना आज बिहान ८ बजे सुरु हुनेछ। पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ ।कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताएका थिए ।
जसमध्ये महिला मतदाताको सङ्ख्या ३१.२ करोड रहेको छ । औसतमा कुल मतदान ५८ दशमलव ५८ प्रतिशत भएको छ । राजीव कुमारकाअनुसार यस सम्पूर्ण प्रक्रियामा १.५ करोड चुनावी कर्मचारी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। १७ औँ लोकसभाको कार्यकाल १६ जुनमा सकिँदै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य