बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी २० विश्वकप : नेपाल र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा आज

मङ्गलबार, २२ जेठ २०८१, ०७ : १०
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी ट्वान्टी २० विश्वकप अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । 

अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि सहभागिता जनाएको हो ।  यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । 

नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबिच यतिबेला प्रतिस्पर्धा भइरहेको छ । 

आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप