अफगानिस्तानविरुद्ध युगान्डाले पहिले फिल्डिङ गर्ने

गुयाना । आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले मंगलबार बिहान युगान्डाको सामना गर्दैछ । खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६ बजेर १५ मिनेटबाट सुरु हुनेछ ।
खेलमा युगान्डाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
समूह ‘सी’ मा वेस्ट इन्डिज र न्युजिल्याण्ड सुपर–८ पुग्ने दाबेदार मानिन्छन् । यस्तो अवस्थामा अफगानिस्तानले साना टोलीविरुद्ध जित दर्ता गर्न मात्र नभई आफ्नो नेट रन रेट कायम राख्न ठुलो जित हासिल गर्ने प्रयास गर्नेछ।
यता पहिलो पटक विश्वकप खेलिरहेको युगान्डा पनि विपक्षी अप्ठ्यारोमा पार्न चाहेको छ । टोली अफ्रिका क्वालिफायरमार्फत विश्वकपमा पुगेको हो । टोलीले जिम्बावेलाई पाँच विकेटले पराजित गरेको थियो। पूर्ण-समय सदस्यविरुद्ध टोलीको यो पहिलो जित थियो । यसले उनीहरूको अपेक्षा बढाएको छ।
पछिल्लो १२ महिनामा टी–२० को ट्र्याक रेकर्ड हेर्दा अफगानिस्तानले १७ खेल खेलेको छ । जसमध्ये ७ मा जित, ८ मा हार, १ मा बराबरी र १ खेलमा नतिजा आएन ।
उता युगान्डाले ३७ खेल खेलेको छ जसमध्ये ३२ मा जित र ५ मा हार बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएपछि...
-
कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
-
सञ्चारिका समूहद्वारा रातोपाटीकर्मी सरिता थारु सहित ६ जना महिला पत्रकार सम्मानित
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप