ड्यालसको पशुपतिनाथ मन्दिरको दर्शनमा नेपाली क्रिकेट खेलाडी

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका खेल्ने क्रममा अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरुले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेका छन् ।
नेपाली समाज टेक्ससले गरेको स्वागत कार्यक्रमका बीच उनीहरुले मन्दिरको पनि दर्शन गरेको अमेरिकाबाट प्रकाशित हुने नेपाली अनलाइन हिमालय खबरले जनाएको छ ।
सो अवसरमा प्रशिक्षक मोन्टे देसाईलगायत खेलाडीहरुको सहभागिता थियो । सो अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले खेलाडीलाई विजयको शुभकामना दिँदै नेपाली टिमले जित्ने विश्वास व्यक्त गरे ।
सोही क्रममा देसाईलगायत खेलाडीहरुले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका हुन् । त्यस क्रममा मन्दिरका मुख्य पूजारी डा। शेखर पण्डित, मेघराज निरौलाले वेदको स्वस्ती वाचनबाट विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।
खेलाडीहरूको सम्मानका नेपाली समुदायले पञ्चेबाजासमेत बजाएका थिए। प्रतियोगितामा नेपालले मंगलबार नेदरल्याण्डसँग पहिलो खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड