बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

सोमबार, २१ जेठ २०८१, २३ : २१
सोमबार, २१ जेठ २०८१

न्युयोर्क । टी–२० विश्वकप अन्तरगत समूह डीको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । ७८ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा उक्त लक्ष्य ४ विकेटको क्षतिमा पछ्याएको हो ।

दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले नटआउट रहँदै १९ रन बनाए । ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका दक्षिण अफ्रिकाका बलरसामु निरीह बनेको थियो ।  १९.१ ओभरमा टोली ७७ रनमा सीमित बनेको थियो ।

श्रीलंकाको इनिङ्सलाई ध्वस्त बनाउन एनरिज नोर्टजेले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा मात्र ७ रन खर्चिए । त्यस्त केशव महाराज र कागिसो रबाडाले २–२ विकेट हात पारे ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ३० बलमा सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन जोडे । 

कामिन्डु मेन्डिसले १५ बलमा ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप