ओलीलाई चुनौती दिएका बालेनले लेखे– गुडनाइट केपी बा !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको फेसबुक स्टाटसमा प्रतिक्रिया दिएका छन् । सोमबार राति अध्यक्ष ओलीले लेखेको स्टाटसमा कमेन्ट गर्दै मेयर शाहले भनेका छन्– ‘गुड नाइट केपी बा, मिठो सपना देख्नुस् ।’
ओलीले सोमबार राति गोसाइँकुण्डको स्मरण गर्दै फेसबुकमा श्रीमती राधिकासहितको फोटो राखेका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ। शुभ रात्रि !’ सोही स्ट्याटसमा बालेनले आफ्नो टिप्पणी गरेका हुन् । बालेनको सो कमेन्टमा समेत हजारौँ कमेन्ट र जवाफहरु आएका छन् ।
मेयर शाहले सोमबारै अध्यक्ष ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन भन्दै कटाक्ष गरेका थिए । मेयर शाहले झापाको गिरीबन्धु टी स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल
-
गुजरातको पटका कारखाना भएको विस्फोटमा मर्नेको संख्या १८ पुग्यो
-
कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी, ३४ मुद्दा 'हेर्न नभ्याइने'मा पठाइयो
-
सहकारी ठगीमा पक्राउ पुर्जीपछि फरार सांसदको बिदा संसदबाट स्वीकृत