उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई मुख्यमन्त्री कार्कीको निर्देशन

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उच्च मनोबलका साथ जनताको सुरक्षा गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश प्रहरी कार्यालय निरीक्षणको क्रममा आज उनले प्रदेश सरकारले नागरिकको सुरक्षाप्रति जिम्मेवारी वहन गर्न प्रहरीलाई आवश्यक तालिम र स्रोतसाधनले पूर्ण बनाउने बताए ।
मुख्यमन्त्री कार्कीले प्रहरीका लागि आवश्यक उपकरण, सवारीसाधन, भवन निर्माणलाई निरन्तरता दिने बताए । उनले विश्वमा नेपाल सुरक्षित भएको सन्देश प्रवाहको मुख्य श्रेय नेपाल प्रहरीलाई जाने बताउँदै जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन जिम्मेवारीका साथ लाग्नु पर्नेमा जोड दिए ।
उनले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पारे । आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनको उपलब्धताबाट प्रहरीले नागरिकलाई शान्ति सुरक्षा उपलब्ध गराउन सफल भएको बताए ।
प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले नागरिकको शान्ति सुरक्षा नै मुख्य कार्य भएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित