१० बजे, १० समाचार
आज २०८१ जेठ २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सत्ता गठबन्धनमा दबाब बढाउँदै माधव, न्युरोडमा सडक विभागले पिच गर्न थालेपछि बालेनले पठाए नगर प्रहरी, गिरीबन्धु टि स्टेटको जग्गाबारे कांग्रेसको नयाँ रणनीति, बजेटमाथि कर्मकाण्डी छलफल, बालुवाटारमा प्रचण्ड, ओली र देउवाबिच तीन घण्टा छलफल, फिल्म निर्देशक सुदर्शन थापा पक्राउ, भ्रष्टाचार मुद्दा दायर भएसँगै गोदावरीका मेयर निलम्बित, सरकारप्रति ओलीको असन्तुष्टि कति स्वाभाविक ? लगायत छन् ।
१. सत्ता गठबन्धनमा दबाब बढाउँदै माधव
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्याकेजमा सहमति गरेमात्र मधेस प्रदेश सरकार गठनमा सहयोग गर्ने अडान राखेका छन् । सोमबार बालुवाटार र सिंहदरबारमा भएका छुट्टाछुट्टै छलफलमा अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष यस्तो अडान राखेका हुन् ।
२. न्युरोडमा सडक विभागले पिच गर्न थालेपछि बालेनले पठाए नगर प्रहरी
काठमाडौँको न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएको सडक किनारा सडक विभागले बनाएर कालोपत्रे गर्न थालेको छ । महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको सडक विभागले पुरेर कालोपत्रे गरेको हो । विभागले कालोपत्रे गर्न सुरु गरेपछि काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।
३. गिरीबन्धु टि स्टेटको जग्गाबारे कांग्रेसको नयाँ रणनीति
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले झापाको विर्तामोडस्थित गिरीबन्धु टी– स्टेटको जग्गा प्रकरणमा भएको नीतिगत भ्रष्टाचारको छानबिनमा सत्ता पक्षको भूमिकालाई सुन्ने र हेर्ने भएको छ । कांग्रेसले पछिल्ला दिनमा गिरीबन्धु टी–स्टेट प्रकरणलाई पार्टीको आन्तरिक बैठक र सडकसँगै सदनमा पनि प्रवेश गराएको छ ।
४. बजेटमाथि कर्मकाण्डी छलफल
संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ । तर बजेटमाथिको छलफल चल्दा सांसदहरूको सिट भने खाली देखिन थालेको छ । जततउकस्ररधधध।चबतयउबतष्।
५. बालुवाटारमा प्रचण्ड, ओली र देउवाबिच तीन घण्टा छलफल
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाबिच सोमबार करिब तीन घण्टा छलफल भएको छ ।
६. बजेटका मुद्दा लिएर पालिका प्रमुखहरू सिंहदरबारमा
सरकारले विनियोजित बजेटको २५ प्रतिशत अनुदान रकम कटौती गरेपछि यतिबेला पालिकाहरू आक्रोशित छन् । उनीहरू बजेट सम्बन्धी मुद्दा बोकेर आन्दोलित हुँदै सिंहदरबार आएका छन् ।
७. लुम्बिनी र कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
सोमबार लुम्बिनी र कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सम्बन्धित प्रदेश सभा बैठकमा प्रस्तुत भएको छ ।
८. फिल्म निर्देशक सुदर्शन थापा पक्राउ
फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।
९. भ्रष्टाचार मुद्दा दायर भएसँगै गोदावरीका मेयर निलम्बित
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन निलम्बित भएका छन् । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बित भएका हुन् ।
१०. सरकारप्रति ओलीको असन्तुष्टि कति स्वाभाविक ?
सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटको विषयलाई लिएर सरकारप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टीको आन्तरिक बैठकमा बजेटप्रतिको असन्तुष्टि खुलेरै प्रकट गरे । कतिपयले ओलीको अभिव्यक्तिलाई सत्ता गठबन्धनमा देखिएको खटपटका रुपमा व्याख्या गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट