बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

नोर्टजेसामु टिक्न सकेन श्रीलंका

सोमबार, २१ जेठ २०८१, २१ : ३८
सोमबार, २१ जेठ २०८१

न्युयोर्क । टी–२० विश्वकप अन्तरगत समूह डीको खेलमा श्रीलंकाका ब्याटर दक्षिण अफ्रिकाका बलरसामु निरीह बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा सीमित बनेको हो ।

श्रीलंकाको इनिङ्सलाई ध्वस्त बनाउन एनरिज नोर्टजेले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा मात्र ७ रन खर्चिए । त्यस्त केशव महाराज र कागिसो रबाडाले २–२ विकेट हात पारे ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ३० बलमा सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन जोडे । 

कामिन्डु मेन्डिसले १५ बलमा ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप