बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा जागरण अभियानको उपभोक्ता सचेतना कार्यक्रम

सोमबार, २१ जेठ २०८१, २१ : ४२
सोमबार, २१ जेठ २०८१

भक्तपुर । उपभोक्ता जागरण अभियान नेपालले स्थानीय तहमा क्रियाशिल  जनप्रतिनिधि, कर्मचारी लगायतलाई उपभोक्ता अधिकारका विषयमा प्रशिक्षित गरेको छ । 

‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता, स्वच्छ बजारका लागि जागरण अभियान’ भन्ने नाराका साथ उपभोक्ता हित संरक्षणसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको सो संस्थाले आइतबार र सोमबार उपभोक्ता अधिकारका विषयमा प्रशिक्षित गरेको हो ।

मध्यपुर थिमी नगरपालिकाको संयोजनमा सानो ठिमीस्थित आदर्श माध्यामिक विद्यालयमा दूई दिन भएको अधिकार र स्थानीय तहमा बजार व्यवस्थापन विषयक अन्तरक्रियामा जागरण अभियानले स्थानीय तहका पदाधिकारीलाई प्रशिक्षित गरेको थिए ।

कार्यक्रममा जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले स्थानीय तहका पदाधिकारीले आफ्नो अधिकार र कर्तव्य पालना गरे मात्र पनि उपभोक्ता तथा विक्रेता सचेत हुने बताए । अध्यक्ष भण्डारीले कानुनको जानकारी नहुँदा उपभोक्ता ठगिने क्रम बढेको भन्दै मौलिक हकका रुपमा रहेको उपभोक्ताको हक अधिकारलाई सुनिश्चित गराउन जागरण अभियानले सहयोग गर्ने बताए ।

भएका कानुनको कार्यान्वयनमा चासो नदिइँदा उपभोक्तासँगै विक्रेता पनि अप्ठ्यारोमा परेको उनको भनाइ थियो । कार्यक्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका स्थानीय जनप्रतिनिधि, व्यवसायी, समाजसेवी, कर्मचारी, स्थानीयवासी, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।   

अभियानले उपभोक्तालाई वस्तु र सेवा प्रदायकबाट गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक अधिकारका बारेमा सचेत गराएको हो ।  उपभोक्ता हितका लागि ४२ वटा कानुन रहे पनि कानुनको कार्यान्वयन नहुँदा उपभोक्ताको हक स्थापित हुन सकेको छैन ।

कानुनको जानकारी नहुदा उपभोक्ता ठगिएको अध्यक्ष भण्डारीको भनाई छ । आफुहरुको अभियान पनि उपभोक्ता र उत्पादक तथा बिक्रेतालाई कानुनको बारेमा जानकारी गराउँदै सचेत समाज निर्माणका लागि केन्द्रित रहेको अध्यक्ष भण्डारीको भनाइ छ । मौलिक हकका रुपमा रहेको उपभोक्ता अधिकारका विषयमा उपभोक्ता स्वयम् जागरुक हुन नसक्दा सर्वसाधारण ठगिने क्रम रोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप