कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार हुने
काठमाडौँ । सङ्घीय सांसद डा. सुनिल कुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरूका आश्रित परिवार सदस्यहरूका लागि बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाई दिएका छन् ।
आज कतारस्थित नेपाली राजदूतावासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबिच कतारस्थित नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूको समुपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो ।
सम्झौता अनुसार अव कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरू तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आएका नेपाली श्रमिकहरू उपचारका लागि केएमसी आउँदा अस्पताल सेवामा ५० प्रतिशत छुट हुने छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सिधै सिनामंगलस्थित केएमसी उपचारका लागि आउने क्रममा केएमसीको एम्बुलेन्स प्रयोग गरिएमा एम्बुलेन्स शुल्क पनि पाँच सय मात्र गरिएको सांसद शर्माको भनाई छ ।
“कतार भ्रमणको सिलसिलामा त्यहाँ रहनु भएका गैरआवासीय साथीहरू र कतारमै कार्य गर्दै आउनु भएका नेपाली साथीहरूसँगको छलफलमा कतारमा रहेका करिब ३ लाख ६६ हजार नेपाली कामदारहरुको अवस्था, बस्दा रहँदा आई पर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यहरूको उपचारलाई सहज बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतार सँग सहमति गर्ने निर्णय भयो” डा. शर्माले बताए । सम्झौता पत्रमा उल्लेखित सुविधाहरू २०८१ असार मसान्त सम्म कायम रहने छ भने कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवार अर्थात आमा, बुबा, श्रीमान्/श्रीमती, अविवाहित छोरा छोरीलाई समेत के एम सी ले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने छ । यस अन्तर्गत सुविधा लिन आउँदा परिचय पत्र र नाता प्रमाणित हुने कागजात लिएर आउनु पर्ने हुन्छ ।
उपचार सेवा सम्बन्धी सम्झौता पत्रमा केएमसीको तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) ले हस्ताक्षर गरेका थिए भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका थिए । त्यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतामा समितिका सभापति अजिज अलि र महामन्त्री केदार भुषालले हस्ताक्षर गरेका थिए ।
डा. सुनिल शर्माको नेतृत्वमा केएमसी र नोवेल शिक्षण अस्पतालले पूर्वी नेपालदेखि पश्चिम नेपालको दुरदराजका स्थानहरूमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । शिविरमा उपचारको क्रममा रिफर भएका बिरामीहरूको केएमसी र नोवेलमा निःशुल्क र सहुलियतमा उपचार हुने व्यवस्था पनि उनले गर्दै आएका छन् भने विभिन्न संघ सस्ताहरूसँग सम्झौता भई सहुलियतमा ती संघसस्थाहरुमा आबद्ध बिरामीहरूको सहुलियतमा उपचार पनि हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन