रतुवा खोलाले जिप बगाउँदा बच्चा र महिलाको मृत्यु
४ जना घाइतेको उपचार हुँदै
सोमबार, २१ जेठ २०८१, २० : ३२
![रतुवा खोलाले जिप बगाउँदा बच्चा र महिलाको मृत्यु](https://npcdn.ratopati.com/media/news/illam-ilam_qRZAbvykXC.webp)
विराटनगर । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बच्चा र एक महिला रहेको प्रहरीले जनाएको हाे ।
इलामका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार बालिकाको आमा भने अस्पतालमा उपचाररत छिन् । यस्तै ३ जना पुरुषको पनि उपचार भइरहेको उनले जानकारी दिए ।
इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको थियो । जिपमा ६ जना सवार थिए । प्रहरीले जिप खोलाले बगाएको अवस्थामा फेला परेपनि निकाल्न भने प्रयास गरिरहेको जनाएको छ । मृतक र घाइतेको पहिचान अझै हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म
-
विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश
-
महाशिवरात्रि मूल समारोह समिति गठन
-
श्रीलंकामा महत्त्वपूर्ण परियोजनाबाट किन पछि हट्यो अदानीको कम्पनी ?
-
‘जनयुद्ध हिंसा हैन, क्रान्ति थियो’
-
रुस–युक्रेन युद्ध समाप्त हुने राम्रो सम्भावना छ : ट्रम्प