मन्त्री साहको गुनासो : मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनायो
![मन्त्री साहको गुनासो : मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनायो](https://rpcdn.ratopati.com/media/albums/jwala_eQdTMqJvtr.jpg)
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छिन् ।
मन्त्री साहले कर्मचारीहरूबिच एकले अर्कालाई अपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराइन् । विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले मन्त्रालयलाई नमुनायोग्य मन्त्रालयको रूपमा विकास गर्नेगरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन् ।
मन्त्री साहले कुनै बदनामी नहुने गरी कर्मचारीहरूले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो । उनले कर्मचारीहरूले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनैपनि गतिविधि गर्न नहुने बताइन् ।
मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । सो अवसरमा मन्त्री साहले नेपाल फुड एण्ड फिड इण्डस्ट्री लाइसेन्सिङ सिस्टम (एनइएफएफआईएलएस) सफ्टवेयरको शुभारम्भ समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान
-
स्वस्थानी कथामा पढेको ठाउँ शालीनदी घुम्दा
-
समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
-
धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
-
प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन
-
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र