समाचार
रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु
सोमबार, २१ जेठ २०८१, १९ : १६
![रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/illam-ilam_qRZAbvykXC.webp)
विराटनगर । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।
इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हाे । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।
‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म २ जनाको शव फेला परेको छ,’ उनले भने । बच्चाको र महिलाको शव फेला परेको उनले बताए । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेन युद्ध समाप्त हुने राम्रो सम्भावना छ : ट्रम्प
-
सर्लाहीमा बस दुर्घटना, १५ जना घाइते
-
अवैध हतियारसहित २ जना पक्राउ
-
सचिव भ्रष्टाचारी ठहर भएपछि प्रदेशसभाको कामु सचिवको जिम्मेवारी अमात्यलाई
-
जथाभाबी रुख काट्नेलाई कारबाही गर्न पोखराका संरक्षणकर्मीहरूको माग
-
भ्रमको खेती र वास्तविक तथ्य भन्दै शंकर पोखरेलले दिए विपक्षीलाई दोष