शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आदीवासी महासंघ कप : नेफएमले मनमैजु क्लबलाई ४—० ले हरायो

सोमबार, २१ जेठ २०८१, १८ : ३९
सोमबार, २१ जेठ २०८१

पोर्चुगल । नेपाल आदीवासी महासंघ पोर्चुगल फुटबल कपको उपाधि नेफएम फुटबल क्लबले जितेको छ । बुद्धजयन्तीको अवसर पारेर पोर्चुगलको लिस्वनमा भएको खेलमा मनमैजु फुटबल क्लबलाई हराउँदै नेफएम फुटबल क्लबले उपाधि जितेको हो । 

ओलाइसको भिक्टोरीया फुटबल ग्राउण्डमा २० वटा नेपाली फुटबल क्लब सहभागी भएका थिए । फाइनल खेलमा ४—० ले हराउँदै नेफएमले उपाधि जितेको थियो ।

उपाधिसँगै टफी मेडल र ३ हजार यूरो करिब साढे ४ लाख नेपाली रुपैयाँ राशि पनि हात पारेको थियो । उपविजेता भएको मनमैजु क्लबले टफी, मेडल र १ हजार ५ सय यूरो करिब सवा २ लाख नेपाली रुपैयाँ हात पारेको थियो ।

महासंघले आगामी वर्षमा पनि बुद्धजयन्तीको अवसरमा फुटबल प्रतियोगितालाई अगाडि बढाउने जनाएको छ । ‘हामी यो प्रतियोगिता बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजन गर्ने छौँ । यो पहिलो प्रतियोगिता हो,’ अध्यक्षले कुमार मगरले भने । 

नेपालीहरूलाई विदेशमा एकताबद्ध गर्नका लागि फुटबल खेलको आयोजना गरिएको थियो । यस्ता खेलले नेपालीहरूलाई विदेशमा पनि हौसला प्रदान गर्ने एनआरएन अध्यक्ष उमेश खड्काले बताए । 

‘यस्ता खेलले नेपालीहरूलाई एकताबद्ध गर्न मदत गर्न यस्ता खेलहरू आगामी दिनमा पनि सञ्चालन हुनुपर्छ,’ अध्यक्ष खड्काले भने । उनले नेपालीहरूलाई जोड्नका लागि यस्तो प्रतियोगिताहरू धेरै हुनुपर्नेमा जोड दिएका थिए ।

पोर्चुगलमा पछिल्लो समयमा औपचारिकरुपमा आबद्ध फुटबल क्लबहरू बढिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप