प्रभाव पार्न सक्ने खेलाडी : क्विन्टन डी काक (दक्षिण अफ्रिका)

काठमाडौँ । वर्तमान दक्षिण अफ्रिकाकी टोलीका सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन्, क्विन्टन डी काक । उनी टोलीका विकेटकिपर ब्याट्सम्यान हुन् । यी बायाँहाते ब्याट्सम्यानले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा टोलीलाई सफलताको स्वाद चखाइसकेका छन् ।
क्विन्टन डी काकले दक्षिण अफ्रिकी टोलीबाट टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगितामा अब्बल प्रदर्शन गरेका छन् । यसका अतिरिक्त उनले विश्व चर्चित इन्डियन प्रिमियर लिगसहित थुप्रै फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको अनुभव पनि बटुलिसकेका छन् ।
३१ वर्षीय क्विन्टन डी काक दक्षिण अफ्रिकाका लागि १२ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले देशका लागि ५४ टेस्टको ९१ पालीमा कुल तीन हजार तीन सय रन बनाएका छन् ।
टेस्ट क्रिकेटमा उनले ६ शतक र २२ वटा अर्धशतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ४१ रन हो । टेस्टमा उनले दुई सय २१ वटा क्याच पनि लिएका छन् । विकेटकिपरको भूमिकामा उनले ११ वटा स्टम्पिङ पनि गरेका छन् ।
यसैगरी उनले एक सय ५५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै कुल ६ हजार सात सय ७० रन बनाएका छन् । उनको उच्च स्कोर एक सय ७८ रन हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २१ शतक र ३० अर्धशतक पनि हिर्काएका छन् । उनले दुई सय नौ क्याच लिएका छन् भने १७ वटा स्टम्पिङ पनि गरेका छन् ।
यसैगरी उनले ८३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ८२ पालीमा कुल दुई हजार तीन सय ४१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय रन हो । यो ढाँचाको क्रिकेटमा उनले एक शतक र १४ वटा अर्धशतक बनाएका छन् । उनले ७८ क्याच लिएका छन् भने विकेटकिपरको भूमिकामा १६ वटा स्टम्पिङ पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिन्दुराष्ट्रको माग गर्दै र्याली, तस्बिरहरु
-
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
-
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो
-
सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?
-
पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल