बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : एन्जेलो म्याथ्यूज (श्रीलंका)

सोमबार, २१ जेठ २०८१, १७ : ४७
सोमबार, २१ जेठ २०८१

काठमाडौँ । एजेन्लो म्याथ्यूज श्रीलंकाका अलराउन्डर खेलाडी हुन् । दक्षिण अफ्रिकाविरुद्ध सोमबार खेलिने खेलमा श्रीलंकाले एन्जेलो म्याथ्यूजबाट निखारिएको प्रदर्शनको आशा गरेको छ । उनको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो देखिन्छ ।

३७ वर्षीय अनुभवी खेलाडी एन्जेलो म्याथ्यूजले श्रीलंकाका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । यी दायाँ हाते ब्याट्सम्यानले एक सय नौ टेस्टको एक सय ९३ पालीमा कुल सात हजार ६ सय आठ रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले १६ शतक र ४१ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय रन हो । उनी टोलीका प्रभावशाली फिल्डर पनि हुन् । उनले टेस्टमा ७४ वटा क्याच पनि लिएका छन् ।

यसैगरी एन्जेलो म्याथ्यूजले दुई सय २६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एक सय ९५ पालीमा कुल पाँच हजार नौ सय १६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ३९ रन हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले तीन शतक र ४० वटा अर्धशतक प्रहार गरिसकेका छन् । उनले ५३ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले देशका लागि ८७ टी–२० अन्तर्राष्ट्रिय खेलको ७० पालीमा कुल एक हजार तीन सय ५४ रन बनाएका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित ८१ रन हो । यस क्रममा उनले ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एन्जेलो म्याथ्यूजले २७ वटा क्याच पनि लिएका छन् ।

यसैगरी उनले टेस्ट क्रिकेटमा ३३, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय २६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ वटा विकेट पनि लिएका छन् । बलिङतर्फ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन खर्चिएर तीन विकेट हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप