बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

अन्तिम फिल्मका लागि भेटेनन् थलापथी विजयले निर्माता ?

सोमबार, २१ जेठ २०८१, १७ : ४५
सोमबार, २१ जेठ २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयले छिट्टै नै अभिनयलाई बिट मार्दैछन् । राजनीतिको संसारमा प्रवेशको तयारीमा रहेका अभिनेता विजयका फ्यानहरूले अब उनका जम्मा दुईओटा फिल्म हलमा हेर्न पाउनेछन् ।

यीमध्ये पहिलो फिल्मको नाम गोट अर्थात् ‘द ग्रेटेस्ट अफ अल टाइम’ हो । अर्काे फिल्मलाई अहिले ‘थलापथी ६९’ नाम दिइएको छ । यो उनको अन्तिम फिल्म हुने बताइएको छ । तर यो फिल्मले निर्माता भेट्टाउन सकेको छैन ।

विजयले यहि वर्ष फेब्रुअरीमा राजनीतिक दल खोलेका थिए । उनको पार्टीको नाम तमिलगा वेत्री कझगम (टीभीके) हो । दलको स्थापनासँगै उनले राजनीतिमा प्रवेश गर्ने घोषणा पनि गरेका थिए । ती अभिनेताले राजनीतिको क्षेत्रमा प्रवेश गरेपछि फिल्म उद्योगलाई ‘अलबिदा’ गर्ने हल्ला चलेको छ । यतिबेला उनको सारा ध्यान ०२६ को विधानसभा चुनावमा छ ।

गोट वेंकट प्रभुले निर्देशन गरिरहेका छन् । यो फिल्म यही वर्ष सेप्टेम्बर ६ मा रिलिज हँदैछ । थलापति ६९ यसअघि आरआरआरका निर्माता डीभीभी दनय्याले निर्माण गर्न लागेको बताइएको थियो । तर विजयले ठूलो रकम शुल्क मागेपछि उनले हात झिकेको बताइएको छ । विजयले गोटका लागि २०० करोड पारिश्रमिक लिएको बताइएको छ ।

थलापति ६९ का लागि उनले शुल्क बढाएर २५० करोड भारु पुर्याए । तर दनय्याले यो माग मानेनन् र फिल्म छोडे । दनय्याले हात झिकेपछि सो फिल्मले अहिलेसम्म नयाँ निर्माता फेला पार्न सकेको छैन । अहिले केही फिल्मका लागि केभीएन प्रोडक्सनसँग छलफल चलिरहेको भएपनि यसबारे ठोस निर्णय हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप