काठमाडौँका मेयर शाहलाई काम गर्न दिनुपर्छ : सांसद भण्डारी
सोमबार, २१ जेठ २०८१, १७ : ४१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको काममा अवरोध गर्न नहुने बताएका छन् ।
एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडांैको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए ।
सांसद भण्डारीले गिरीबन्धु टी–स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए । उनले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
-
उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम
-
भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने विषयमा रामहरि र दिलेन्द्रप्रसादको मत बाझियो
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री