बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

रातोपाटी टी–२० विश्वकप विशेष योजना : अभय र रविनसेले जिते पहिलो दैनिक पुरस्कार

सोमबार, २१ जेठ २०८१, १७ : १६
सोमबार, २१ जेठ २०८१

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्ककाद्वारा सञ्चालित रातोपाटी डटकमले नवौँ टी–२० विश्वकपका क्रममा सञ्चालन गरेको ‘रातोपाटी टी–२० विश्वकप विशेष’अन्तर्गतको आकर्षक योजनामा अभय  र रविनसेले पुरस्कार जितेका छन् ।

अभयले दैनिक विजेताका रुपमा चन्द्रगिरी केबलकारको दुईवटा टिकट पुरस्कार प्राप्त गरेका हुन् । रविनसेले भने सेल्सबेरीको तर्फबाट एक हजार रुपैयाँको सपिङ भौचर पुरस्कार प्राप्त गरेका हुन् ।

‘रातोपाटी टी–२० विश्वकप विशेष’अन्तर्गतको आकर्षक योजनामा रातोपाटीको एप डाउनलोड गरेर Predict and Win मा सहभागी हुँदा विभिन्न उपहार जित्न सकिने छ । योजनाअनुसार रातोपाटीको एप  IOS / Android  दुवैमा महिना दिनसम्म उपहार जित्न सकिनेछ ।

नेटवर्कका अनुसार यो योजनामा सहभागी हुन पहिलो चरणमा  रातोपाटीको Play store / App store मा गएर रातोपाटी एप डाउनलोड गरी लग इन् गर्नुपर्नेछ । यसैगरी दोस्रो चरणमा एपमा रहेको Quiz Sectionमा जानुपर्नेछ भने तेस्रो चरणमा त्यहाँ रहेको Predict and Win  मा खेलेर विकल्प छानेर submit गर्नुपर्नेछ ।

यो योजनामा सहभागी हुनेलाई दैनिक उपहार, साप्ताहिक उपहार र बम्पर उपहारको व्यवस्था गरिएको छ । दैनिक उपहारका रुपमा  हरेक दिन दुईजनाले आकर्षक उपहार जित्न सक्नेछन् । जसअनुसार एक विजेतालाई दुईवटा चन्द्रागिरि केबलकारको टिकट दिइनेछ भने अर्का एक विजेतालाई सेल्सबेरीमा एक हजार रुपैयाँ बराबरको सपिङ भौचर उपलब्ध हुनेछ ।

यसैगरी साप्ताहिक रुपमा एक विजेतालाई हिमालय एयरलान्सको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने बम्पर उपहारमा पहिलो हुनेलाई यूएई भ्रमणको अवसर, दोस्रो हुनेलाई सामसुङ मोबाइल र तेस्रो हुनेलाई टेलिभिजन प्रदान गरिनेछ ।

टी–२० विश्वकपको फाइनल खेल सकिएपछि बम्पर उपहारको घोषणा गरिने नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार बम्पर विजेता दैनिक Predict and Win मा सही उत्तर मिलाउनेहरु मध्येबाट छानिनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप