राजनीति
जनमतद्वारा मधेस प्रदेश सभाको पहिलो बैठक अवरुद्ध
सोमबार, २१ जेठ २०८१, १५ : ४०
काठमाडौँ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै अवरुद्ध भएको छ ।
सोमबारको बैठकमा जनमत पार्टीका सांसदले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै अवरुद्ध गरेका हुन् ।
सुरुमै जनमतका प्रदेश सांसद सञ्जय यादव उठेर घटनाको लागि छानबिन समिति नबने सदन चल्न नदिने बताएका थिए ।
त्यसपछि जनमतका सांसदहरू उठेर अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । त्यसअघि सभामुख मण्डलले प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू बढेर सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?
-
सांसदहरूले भने– वकालत गरेको १५ वर्षपछि वरिष्ठ अधिवक्ता बन्न पाउने समयावधि बढाउनु हुँदैन