रातोपाटीको विश्वकप योजना सार्वजनिक, बम्परमा यूएई घुम्ने अवसर

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्ककाद्वारा सञ्चालित रातोपाटी डटकमले 'रातोपाटी टी–२० विश्वकप विशेष'अन्तर्गत एक आकर्षक योजना सार्वजनिक गरेको छ । जसअनुसार रातोपाटीको एप डाउनलोड गरेर Predict and Win मा सहभागी हुँदा विभिन्न उपहार जित्न सकिने छ ।
योजनाअनुसार रातोपाटीको एप IOS र Android दुवैमा महिना दिनसम्म उपहार जित्न सकिनेछ ।
नेटवर्कका अनुसार यो योजनामा सहभागी हुन पहिलो चरणमा रातोपाटीको Play store र App store मा गएर रातोपाटी एप डाउनलोड गरी लग इन् गर्नुपर्नेछ ।
यसैगरी दोस्रो चरणमा एपमा रहेको Quiz Section मा जानुपर्नेछ भने तेस्रो चरणमा त्यहाँ रहेको Predict and Win मा खेलेर विकल्प छानेर submit गर्नुपर्नेछ ।
यो योजनामा सहभागी हुनेलाई दैनिक उपहार, साप्ताहिक उपहार र बम्पर उपहारको व्यवस्था गरिएको छ ।
दैनिक उपहारका रुपमा हरेक दिन २ जनाले आकर्षक उपहार जित्न सक्नेछन् । जसअनुसार एक विजेतालाई दुईवटा चन्द्रागिरि केबलकारको टिकट दिइनेछ भने अर्का एक जना विजेतालाई १००० रुपैयाँ बराबरको सेल्सबेरीमा सपिङ भौचर उपलब्ध हुनेछ ।
यसैगरी साप्ताहिक रुपमा एक विजेतालाई हिमालय एयरलान्सको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने बम्पर उपहारमा पहिलो हुनेलाई यूएई भ्रमणको अवसर, दोस्रो हुनेलाई सामसुङ मोबाइल र तेस्रोलाई टेलिभिजन प्रदान गरिनेछ ।
टी-२० विश्वकपको फाइनल खेल सकिएपछि बम्पर उपहारको घोषणा गरिने नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार बम्पर विजेता दैनिक Predict and Win मा सही उत्तर मिलाउनेहरु मध्येबाट छानिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा
-
आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?