हिरामाण्डीको दोस्रो सिजनको घोषणा
![हिरामाण्डीको दोस्रो सिजनको घोषणा](https://npcdn.ratopati.com/media/news/capture_uN7Y6AcyrM.png)
नयाँ दिल्ली । बलिउड निर्देशक सञ्जय लीला भन्साली यतिबेला आफ्नो सिरिज ‘हिरामाण्डी’का कारण चर्चामा छन् । सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सिरिज आएदेखि नै भन्सालीसँग सिजन २ पनि ल्याउनु पर्ने दर्शकहरुले माग गरिरहेका थिए । त्यतिबेला उनले यसमा कुनै प्रतिक्रिया दिएका थिएनन् । तर हालै नेटफ्लिक्सले हिरामण्डी सिजन-२ घोषणा गरेको छ । सिजन २ मा स्वतन्त्रता पछिको कथा देख्न पाइनेछ ।
हिरामाण्डीको पहिलो सिजन आलमजेबले ताजदारकी हजुरआमालाई उनी गर्भवती रहेको खबर सुनाएपछि सकिन्छ । सिजनको कथा लाहौर वरिपरि घुमेको छ । सिरिज स्वतन्त्रताको लडाई चरममा भएको बेलामा सकिन्छ । दोस्रो सिजन लहौरबाट निस्किएर कता पुग्छ चाँहि हेर्न रोचक हुनेछ । आगामी सिजन दिल्ली र मुम्बईका कोठामा केन्द्रित रहने अनुमान पनि गरिएको छ ।
‘हिरामण्डीः द डायमण्ड बजारलाई दिइएको माया र प्रशंसाले म धन्य भएको छु । शो विश्वभरका दर्शकहरूसँग जोडिएको देख्दा खुसी लागेको छ । हामी सिजन २ सँग फर्किनेछौं भनेर घोषणा गर्न पाउँदा म रोमाञ्चित छु,’ सञ्जय लीला भन्सालीले भनेका छन् ।
दोस्रो सिजनमा सशक्त कथाको साथमा फर्किने नेटफ्लिक्स इन्डियाकी उपाध्यक्ष मोनिका शेरगिलले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह