घट्यो पासपोर्ट आयात, १ अर्ब ७४ करोड बाहिरियो
सोमबार, २१ जेठ २०८१, १४ : ५२

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा पासपोर्टको आयात घटेको छ । तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा पासपोर्ट आयात खुम्चिएको हो ।
गत आर्थिक वर्षको १० महिनाको अवधिमा १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँको पासपोर्ट भित्रिएको थियो । जुन चालू वर्षको १० महिनाको अवधिमा १ अर्ब ७४ करोड रुपैयाँमा सीमित बनेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा डेढ अर्ब रुपैयाँभन्दा बढीको पासपोर्ट आयात भएको हो । यो गत वर्षको तुलनामा ५ करोड रुपैयाँले न्यून आयात हो ।
यस अवधिमा विदेशबाट ५६ हजार वटा पासपोर्ट आयात भएको छ । गत वर्षको सोही अवधिमा ६२ हजार ८४५ वटा पासपोर्ट आयात भएको तथ्याङ्कमा छ । नेपालमा आउने सबै पासपोर्ट फ्रान्सबाट आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ