लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई विशेष जोड दिइएको छ । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र पर्यटनलाई विशेष जोड दिइएको घोषणा गरेका हुन् ।
कार्यक्रममा प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गर्दै आधुनिक सहर बनाउने कार्य अगाडि बढाउने घोषणा गरिएको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगलाई विशेष ध्यान दिई कर्मचारी व्यवस्थापन गरिने कार्यक्रम पनि घोषणा गरिएको छ । कार्यक्रममा ‘व्यावसायिक कृषि, लुम्बिनी प्रदेशको समृद्धि’ भन्ने नाराका साथ प्रदेशका कृषि कार्यक्रम अगाडि बढाउने घोषणा समेत गरिएको छ ।
नीति तथा कार्यक्रममा माटो व्यवस्थापनका लागि थप कार्यक्रम लागू गरिने समेत जनाइएको छ भने रैथाने बालीलाई जोड दिइने जनाइएको छ । त्यसका लागि स्थानीय उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाइने दाबी गरिएको छ ।
कार्यक्रममा स्थानीय तहको सहरीकरणमा कृषि भूमि बैंक नीति लागू गरिने समेत उल्लेख । रोल्पा र प्युठान जिल्लामा अल्लो, गुल्मीमा गुड र कफी, नवलपरासीमा उखु र केरा, बर्दियामा चैते धान र मसुरो उत्पादनमा जोड दिइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै रुपन्देहीमा आलु, दाङमा तोरी र तरकारी, रोल्पा र रुकुममा स्याउ र वर्षे आलुलाई विशेष प्राथमिकता दिइएको छ। कपिलवस्तु र बाँकेमा भैँसी र माछा पालनमा जोड दिइएको छ ।
पर्यटन विकासका लागि रोल्पा, रुकुममा साहसिक खेल कार्यक्रम प्रवर्द्धन गरिने समेत जनाइएको छ । लुम्बिनीसँग जोडिएको देवदह, रामग्राम र तिरोकोटलाई सङ्घीय सरकारसँग सहकार्य गरेर थप पर्यटन आगमन गर्ने काम गरिने घोषणा समेत कार्यक्रममा गरिएको छ ।
हेर्नुहोस् पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ