मेक्सिकोमा क्लाउडिया शियनबम बनिन् पहिलो महिला राष्ट्रपति

मेक्सिको सिटी । मेक्सिकोले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति चयन गरेको छ । त्यहाँको निर्वाचन प्राधिकरणले बताएअनुसार आइतबार भएको मतदानमा मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षकी क्लाउडिया शियनबमले ५८ देखि ६० प्रतिशत मत पाएको प्रारम्भिक नतिजाले देखाएको छ ।
उनले पाएको मत मुख्य प्रतिद्वन्द्वी सोचित्ल गाल्भेजको तुलनामा झन्डै ३० प्रतिशतले बढी रहेको बताइएको छ । वर्तमान राष्ट्रपतिको पदावधि सकिएपछि अक्टोबर १ मा शियनबमले राष्ट्रपतिको पदभार सम्हाल्नेछिन् ।
राष्ट्रपतिको लागि उम्मेदवारी दिनु अघि उनी मेक्सिको सिटीकी मेयर थिइन् । उनी सन् २०१८ मा मेक्सिको सिटीकी पहिलो महिला मेयर बनेकी थिइन् । सन् २०२३ मा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन उनले मेयर पदबाट राजीनामा दिइन् । निर्वाचनका क्रममा स्थानीय उम्मेदवारहरूलाई लक्षित गरेर कयौँ आक्रमण भएका थिए । सरकारकाले बताएअनुसार देशभरमा निर्वाचनका क्रममा २० जनाको हत्या भएको छ । अन्य सर्वेक्षणहरूले भने यो सङ्ख्या ३७ रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा