आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बलिउडबाट द्वन्द्व निर्देशक भित्र्याएपछि भड्किए नेपाली निर्देशक

सोमबार, २१ जेठ २०८१, १४ : ३२
सोमबार, २१ जेठ २०८१

काठमाडौँ । अभिनेता बिराज भट्टले फिल्म ‘१२ गाउँ’को एक्सनका लागि बलिउडबाट एक्सन कोरियोग्राफर सिल्भा मास्टर बोलाएर काम गरिरहेका छन् । यो कुरो नेपालमा द्वन्द्व निर्देशक हिमाल केसीलाई चित्त बुझेको छैन ।

 उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै नेपाली द्वन्द्व निर्देशक जति ‘अब डुबेर मरे हुन्छ’ भन्दै आक्रोश पोखेका छन् ।

‘नेपाली चलचित्रका द्वन्द्व निर्देशक जति अब डुबेर मरे हुन्छ द्वन्द्वमा परिवर्तन दिन नसक्दा छिमेकी राष्ट्रबाट झिकाउन बाध्य पर्‍यो ?’, उनले लेखेका छन्, ‘जसले झिकाउनु भो उहाँले पनि बिर्सनु भएन । उहाँ छिमेकी राष्ट्रको द्वन्द्व निर्देशकबाट नेपाली चलचित्रको एक्सन स्टार हुनु भएको हो र ?’ 

नेपाली बजार सानो रहेको र पर्याप्त श्रोत साधना पनि नभएको भन्दै उनले सीमित बजेटमा समेत काम गर्नु पर्ने बताए । उनले भने, ‘छिमेकी राष्ट्रका द्वन्द्व निर्देशकले पाउने सुविधा, श्रोत–साधन के हामीले पाएका छौँ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप