इजरायली नागरिकलाई माल्दिभ्समा प्रवेशमा रोक
सोमबार, २१ जेठ २०८१, १४ : २७

माले । माल्दिभ्सले इजरायली पोसपोर्ट बाहकहरूको प्रवेशमा रोक लगाएको छ । गाजामा हमाससँग इजरायलको लडाई चलिरहँदा माल्दिभ्सले यो घोषणा गरेको हो । आइतबार यसबारे माल्दिभ्सको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति नै निकालेको थियो । इजरायली भिसाबाहकहरूलाई छिर्न नदिन मन्त्री परिषद्ले कानून परिवर्तन गर्ने निर्णय गरेको छ ।
यस प्रक्रियालाई हेर्न एउटा उपसमिति पन बनाइने भएको छ । मन्त्री परिषद्को कार्यालयको सिफारिस पछि राष्ट्रपति मोहम्मद मुइज्जुले सो कदम चालेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर बाहिरिएपछि इजरायलको विदेश मामिला मन्त्रालयले इजरायली नागरिकहरूलाई माल्दिभ्सको भ्रमण नगर्न भनेको छ भने त्यहाँ बसिरहेकाहरूलाई पनि छिटै निस्कन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट